काठमाडाैं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले ललितपुरकाे लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले मिति आज (सोमबार) औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो ।
कर्मचारी सञ्चय कोषकासह–प्रशासकश्री जीवन कुमार कटवालज्यूले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुकोसमेत उपस्थिति रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भएसगैँ बैंकको हालसम्मदेशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा आएका छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग तथा समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी,विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्नेछ ।




















प्रतिक्रिया