सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डा मिलेको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो । सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय परेको छ ।
माओवादी केन्द्रले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ भने एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ ।




















प्रतिक्रिया