Logo

अर्थ

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड



काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

मंगलबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम रहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ११:३४   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।