काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन माघ १२ गतेसम्म झन्डै ९ गुणाले बढी भएको छ। सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ अन्तिम दिनसम्म १३ लाख ५७ हजार ७४५ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ् लिमिटेड (सिडिएससी) दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ५५ लाख ६२ हजार २१० कित्ता सेयर खरीद माग भएको हो ।
कम्पनीले सर्वसाधारणमा माघ ९ गतेदेखि १२ गतेसम्म १७ लाख ४३ हजार कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता सेयर छुट्याएको थियो ।
सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी सेयर कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन्। आवेदकको संख्यालाई हेर्दा ११ लाख ८३ हजारभन्दा बढीको हात खाली हुने देखिएको छ ।




















प्रतिक्रिया