काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु छलफलमा जुटेका हुन् ।
विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय आजै सर्वाजनिक हुने सर्वोच्च स्रोतले बतायो । गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
आज सुनुवाइ पूरा भएको छ । संवैधानिक इजलासमा आज लामिछानेकाे पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि मुद्दाको सुनुवाइ भएको थियो । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
- याे पनि…
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा फैसला आउन लाग्दा सर्वोच्च परिसरमा बढाइयो सुरक्षा तैनाथी
गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे न्यायाधीशहरू छलफलमा
‘रविमा देशप्रति बफादारिता छैन भन्ने कुरा पटक-पटक राज्यलाई ढाँट्नु र छल्नुले पुष्टि गरेको छ’
रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो




















प्रतिक्रिया