Logo

अर्थ

नवलपरासी विकासका लागि सांसद विनोद चौधरीद्वारा १५ गौरवका आयोजना प्रस्ताव



बर्दघाट । सांसद विनोद चौधरीले नवलपरासीको समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरु प्रस्ताव गरेका हुन् । सांसद चौधरीले समग्र जिल्लाको विकास र समृद्धि आफ्नो सरोकार भएको बताउँदै आएका छन् ।

पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि गहन अध्ययन गरेर गौरवका आयोजनाहरु छनोट गरिएको उनले बताए । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला र विज्ञहरुसँग निरन्तर छलफल गरेर क्षेत्र र जिल्लाका प्राथमिकताहरु निर्धारण गरेका हुन् । ती आयोजनाहरुमा संघ र प्रदेश सरकारमार्फत बजेट सुनिश्चितता गराई कार्यान्वयन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार २१:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।