Logo

प्रमुख समाचार

गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? -बनेपछि थाहा हुन्छ: प्रधानमन्त्री प्रचण्ड




काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ ।

बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री प्रचण्डलालाई भेटेका थिए । तत्काल प्रधानमन्त्री दाहालले नै गृह मन्त्रालय आफैँले हेर्ने गरी राख्न लागेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १५:४६   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।