काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए । प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे प्रश्नमा ओलीले भने, ‘अदालतको पूर्णपाठ किन चाहियो ?’
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई जिताएर गृहमन्त्रीसहित अरू मन्त्रालय दिएर कांग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ निरु भन्ने अर्को प्रश्नमा ओलीले भने- ‘कांग्रेस गृह राज्यमन्त्री दिए पनि अहिले सरकारमा आउँछ । राष्ट्रपतिमा चाहिँ एमालेकै उम्मेदवार निर्वाचित हुनुहुन्छ ।’ ओली नेपाल उद्योग परिसंघ ९सिआइएन० प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन् ।




















प्रतिक्रिया