काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वैकल्पिक राजनीति गर्छु भनेर आएको नेतृत्वबाट समेत लोकतान्त्रिक मूल्य मान्यताको अभ्यास हुन नसकेको प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यक्तिलाई बलियो बनाउने र हुन चाहने प्रवृत्तिले लोकतन्त्र र अहिलेको व्यवस्थामाथि खतरा रहेको बताए ।
‘अहिलेको निर्वाचनले वैकल्पिक राजनीतिको वकालत गर्नेहरूलाई बलियो जनमत दिएको छ । सबैलाई उहाँहरूलाई ठूलो आशा थियो । हामी हाम्रो पार्टीलाई सुदृढ गर्ने र व्यवस्थित गर्ने कुरामा लागेका थियौँ, उहाँहरूसँग सहकार्य गर्न हामी पनि आशावादी थियौँ’ उनले बताए ।




















प्रतिक्रिया