Logo

क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख सहयोग



भरतपुर महानगरपालिकाले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि थप रकम सहयोग गरेको छ । धुर्मस सुन्तली फाउण्डेशनलाई महानगरपालिकाले आज १ करोड ५० लाख थप आर्थिक सहयोग गरेको हो ।

महानगरपालिकाले रंगशाला निर्माणका लागि यसअघि नै ६ करोड ५० लाख रकम सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । यसअघि महानगरपालिकाले ५० लाख हस्तान्तरण गरिसकेको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले आज १ करोड ५० लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार