Logo

अटो

अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिन्छ : अध्यक्ष थापा



नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) का अध्यक्ष धुर्ब थापाले अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिने बताएका छन् । नाडाको ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले सो बताएका हुन् ।

‘अबको एक दशकमा अधिकांश गाडी नेपालमा बन्छन्, सरकारले अहिले एसेम्बलमा दलिएको नीति १० वर्षमा निरन्तरता भएमा धेरै प्रगति हुनेछ, गाडी उत्पादनको उत्कृष्ट देश नेपाललाई बनाउन सकिन्छ,’ उनले भने ।

गाडी आयात बन्द हुँदा अटोमोबाइल्स क्षेत्र ८० प्रतिशतले खस्केको उनले बताए । यो क्षेत्र असामान्य अवस्थामा गुज्रिरहेको बताउँदै उनले अब के हुने हो भन्ने त्रास भोग्नु परेको समेत बताए । तर अब भने अर्थतन्त्रले सुधारको संकेत देखाएको उनी बताउँछन् ।

‘नयाँ सरकार आएपछि केही सुधार भएको छ, उनले नयाँ सरकारलाई धन्यवाद छ,’ अध्यक्ष थापाले भने । उनले हालको अर्थतन्त्रमा केही सुखद संकेत देखिएको बताउँदै उनले अब नेपालमै एसेम्बेल उद्योग खुल्न थालेको जानकारी गराए ।

अटो मोबाइल्स क्षेत्रले उच्च राजश्व तिर्ने क्षेत्र रहेको बताउँदै उनले एउटा क्षेत्रले ६ ठाउँमा कर तिर्नु पर्ने अवस्था रहेको बताए । सबैभन्दा पारदर्शी व्यवसाय अटोमोबाइल्स रहेको बताउँलै उनले अब नेपालमै एसेम्बेल उद्योग खुल्न थालेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार २१:३९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।