Logo

अटो

मौद्रिक नीतिबाट निजीक्षेत्र उत्साहित, अटो क्षेत्रलाई केही छैन: गभर्नर पाैडेल



बैंकको कर्जा लगानी र व्यावसायिक सहजीकरण गर्ने गरी मौद्रिक नीतिको समीक्षा आएसँगै निजीक्षेत्र उत्साहित भएको छ । खासगरी जेन–जी आन्दोलनपछि यो क्षेत्र समस्यामा छ ।

निजी व्यावसायिक फर्म तथा कम्पनीमाथिको आक्रमण, तोडफोड र आगजनीबाट अर्बौंको क्षति भएको छ भने थप लगानीका लागि उचित वातावरण नभएको भन्दै निजी व्यावसायिक क्षेत्र प्रायः मौन छ । य

सको असर यता बैंकको लगानीमा समेत परिरहेको छ । निजीक्षेत्रबाट कर्जाको माग नहुँदा बैंकमा खर्बौंको तरलता (लगानीयोग्य पुँजी) थुप्रिरहेको छ ।

बैंकहरूको निक्षेप ७५ खर्बमाथि पुग्दैगर्दा लगानीको अभावमा ११ खर्बमाथि तरलता बैंकको भल्टमै रहने अवस्था बनेको छ ।

यसले बैंकको ब्यालेन्ससिट त प्रभावित भइरहेकै छ, अर्कोतर्फ निजी व्यवसायको क्षेत्रमा उत्साह नदेखी आर्थिक उत्पादनै प्रभावित हुने हो कि भन्ने खतरा बढेको छ ।

यस्तो स्थितिका बावजुद नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले बैंकको लगानी सहजीकरण गर्ने र निजीक्षेत्रको व्यावसायिक वातावरण बनाउने गरी लचकता अपनाएको व्यवसायीहरूले बताएका छन् । यसले निजीक्षेत्र उत्साहित छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १९:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।