Logo

अटो

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’



नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि. ले देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ।

कम्पनीले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनलाई लक्षित गर्दै २० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म यो विशेष क्याम्पेन संचालन गर्ने जनाएको छ। पुराना मेसिनलाई सुरक्षित, भरपर्दो र उत्कृष्ट अवस्थामा राख्न सहयोग पुर्‍याउने उद्देश्य यो अभियानको मुख्य केन्द्रबिन्दु हो।

क्याम्पेन अन्तर्गत देशभर रहेका १२ शाखामा तालिमप्राप्त प्राविधिकमार्फत निःशुल्क मेसिन हेल्थ चेकअप उपलब्ध गराइनेछ।

यसले पुराना मेसिनमा हुन सक्ने सम्भावित प्राविधिक समस्या पहिचान गर्न सहयोग गर्नेछ भने मेसिनको दीर्घायु र कार्यक्षमता दुवैमा सकारात्मक असर पर्ने कम्पनीले बताएको छ।

ग्राहकले थप सुविधा स्वरूप जेन्युइन जेसीबी लुब्रिकेन्ट तथा स्पेयर पार्ट्समा १५% छुट र अधिकृत कार्यशालामा सर्भिस तथा मर्मतमा २०% छुट पाउनेछन्।

धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, बिरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडमा रहेका शाखाबाट सेवा उपलब्ध हुनेछ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार ०९:२८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।