Logo

अटो

अटो व्यवसायी पानी बिनाका माछा भए राज्यले सोचेर नीति बनाउनुपर्छ : उपाध्यक्ष अञ्जन श्रेष्ठ



नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले अटो व्यवसायी पानी बिनाका माछा भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो बताएका हुन् ।

‘अटो व्यवसायी पानी बिनाका माछा भए, राज्यले सोचेर नीति बनाउनु पर्छ,’ उनले भने । उनले आयात प्रतिबन्ध गर्दा ठूलो समस्या व्यहोर्नु परेको समेत बताए ।

‘आयात प्रतिबन्ध सफल भएन, अनाधिकृत व्यापार बढ्यो, राजश्व घट्यो, बजार सुस्त भएर अर्थतन्त्र सुस्त भयो,’ उपाध्यक्ष श्रेष्ठले बताए ।

पछिल्लो समय बजारमा नैराश्यता रहेको बताउँदै उनले भने- ‘२ दर्जनले आत्महत्या गरे, कयौं डिप्रेसनको औषधि खाइरहेका छन्, यसको समाधान कसले गर्ने हो रु राज्यले जवाफ दिनु पर्छ ।’

साथै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध वार्षिक मौद्रिक नीतिको समीक्षा अपुग भएको उपाध्यक्ष श्रेष्ठको धारणा छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार २१:४१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।