Logo

प्रमुख समाचार

लुम्बिनीका बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा



रुपन्देही । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् ।

मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ । नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गरे ।

माओवादी सांसद उनी पुस २८ गते बिना विभागिय मन्त्रीमा नियुक्त भएकी थिइन् । थप छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १३:५७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।