काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपति पदको मर्यादा जोगाउन सडकमा तडकभडक बन्द गर्ने किसिमका कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
महरले सामाजिक सञ्जालमा स्टाटस् लेख्दैं भनेका छन्- राष्ट्रिपति विद्या देवी भण्डारीको सवारीको क्रममा डा. जनिथलाल सिंह माथि लाठी चार्ज गर्ने वरिष्ठ हवल्दार शम्भु जंग गुरुङ निलम्वित भए पनि लाठी चार्ज बाट डा. सिंह घाइते भएको विरोधमा नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्दा उपचारको सेवा माग्दै विरामीहरुले उपचार पाउन भनेर सडकमा विरोध गरेका छन् ।
नेपालमा गणतन्त्र स्थापना भएपछि पनि राजाकै शैलीमा राष्ट्रपतिको सवारीले यातायात क्षेत्र प्रभावित हुने र सर्वसाधारण जनताले सास्ती वेहोर्नु पर्ने घटना बारे स्वयम राष्ट्रपति, सरकार र संसदलाई अवगत हुदा हुदै पनि सामाधानको प्रवन्धका वारेमा आजसम्म कुनै कदम अगाडी बढेको छैन ।
एक जना डयूटीमा खटिएका वरिष्ठ हवल्दारको निलम्वन मात्रै सामाधान होइन सवारी सन्चालनको दीर्घकालीन सामाधान खोजिनु आवश्यक छ । जनताको अभिवावकका रुपमा रहेको सरकार र कानून निमार्ण गर्ने सांसदहरु पनि राष्ट्रपति पदको मर्यादा जोगाउन तडक भडक वन्द गर्ने किसिमका कानुन निर्माण र उपाय खोज्न अग्रसर हुनुआवश्यक छ ।




















प्रतिक्रिया