Logo

प्रमुख समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउँछ : अध्यक्ष ओली



काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको बताएका छन् ।

आइतबार विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले शाह अझै अलमलमा रहेको र २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको टिप्पणी गरेका हुन् ।

पछिल्लो समय मुलुकको अवस्था बिग्रिएको भन्दै ज्ञानेन्द्र शाहले ‘टुलुटुलु हेरर बस्दिनँ’ भन्दै प्रजातन्त्र दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । यसै सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले पूर्वराजामाथि प्रतिप्रश्न उठाए ।

‘२४० वर्ष भन्दा बढी उहाँहरुले नै चलाएको होइन ? उहाँहरुले देश कहाँ पुर्याउनुभएको थियो ?,’ ओलीको प्रश्न छ, ‘अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि ?’ उनले पूर्वराजाको चिन्ता प्रति ब्यङ्ग गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १७:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।