काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायतका विषयमा छानवीन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।
‘हामीले कहिलेसम्म अनदेखा गर्ने ? कतिचोटी आइसक्यो पत्रपत्रिकामा । त्यसकारण बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग पनि गठन भएको रहेछ । त्यो आयोगले पदाधिकारी लगायतलाई कानुनी कारबाही गर्न श्रेष्ठले भनिन् ।




















प्रतिक्रिया