Logo

प्रमुख समाचार

तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ : सांसद महत



काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युतमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

‘बर्खायाममा मात्र विद्युत् उत्पादन बढेर हुँदैन, हिउँदमा अहिले पनि विद्युत् अभाव छ”, सांसद महतले भने, “बर्खामा बेचेको बिजुलीबाट आएको खर्च हिउँदमा विद्युत् किनेर सकिएको छ ।’ हिउँदमा विद्युत्मा आत्मनिर्भर हुन जलाशययुक्त आयोजनाको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले विद्युत्मा आत्मनिर्भर भएसँगै व्यापार घाटा कम हुने, विदेशी मुद्रा सञ्चिति बढ्ने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १७:३४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।