काठमाडौं । राष्ट्रपतिबारे चार दल (पूरानो गठबन्धन)को बालुवाटारमा बसेको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच शुक्रबार बिहानकाे छलफल सकारात्मक भएको नेताहरुले दाबी गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ–आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने र एउटा निर्णय गर्ने उनले बताए ।
महामन्त्री थापाले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’




















प्रतिक्रिया