Logo

राजनीति

अबको राष्ट्रपति रामचन्द्र पौडेल हुन् : जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले अबको राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका बताएका छन् ।

चार दल (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी)बाट राष्ट्रपतिमा नेता पौडेलको नाममा सहमति बन्न लागेको उनले बताए ।

शुक्रबारको प्रतिनिधिसभा बैठकपछि बाहिरने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’ उनले राष्ट्रपतिको विषयमा ठोस निर्णय आजै बस्ने बैठकले गर्ने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १७:०५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।