Logo

अर्थ

भारतबाट आएको डिजेलमा मिसावट



काठमाडौं । भारतबाट नेपालमा आएको ४ वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । नेपाल आयाल निगमको झापा चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । त्यसपछि परीक्षण गर्दा मिसावट भेटिएको हो ।

इण्डियन आयल कर्पोरेसन (आईओसी)को सिलगुडी डिपोबाट आएका ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार डिजेलमा मटीतेल मिसावटको आशंका छ । छानबिन समितिले मिसावटको विषयमा प्रतिवेदन पेस गरेपछि निगमले कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १४:३३   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।