Logo

कर्पोरेट फोकस

ग्राहकहरुकाे सुविधाका लागि सांग्रिला बैंकद्वारा Shangri-la Customer Care सेवा संचालनमा



काठमाडाैं । सांग्रिला डेभेलपमेन्ट बैंकले आफ्नो ग्राहकहरु माझ विभिन्न सुविधा उपलब्ध गराउने क्रममा Shangri-la Customer Care इकाइको शुरुवात गरेको छ । कल सेन्टरको रुपमा स्थापित यस सेवाबाट ग्राहकहरुका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान हुने विश्वास बैंकले लिएकाे छ ।

बैंकका अनुसार Shangri-la Customer Care इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, उनीहरुलाई पर्न गएको असुविधा र द्विविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गर्नु हो । यस सम्वन्धि कार्यको लागि तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत बैंकको Shangri-la Customer Care मा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवासंग सम्वन्धित समस्याहरु समाधान गर्न सकिने बैंकले जनाएकाे छ ।

ग्राहक तथा सम्वन्धित व्यक्तिहरुले बैंकको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि विहिवार विहान ९ः३० देखि वेलुका ५: ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३: ३० सम्म लिन सक्नेछन् । तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत Shangri-la Customer Care मा सम्पर्क राखी बैंकको बचत तथा मुद्दति खाताका व्याज दर, ATM, Mobile Banking, Internet Banking मा देखिएका विभिन्न समस्याहरुका समाधान उपयाहरु, बैंकको हरेक सन्ध्याकालिन तथा विदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरु यस सेवा मार्फत प्राप्त गर्न सकिनेछ ।

यस इकाइको शुरुवात भए प्रश्चात ग्राहकहरुले घर आँगनमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलो संग प्राप्त गर्न सकिने भएकाले यस बाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस इकाइका कर्मचारीहरुले पुन ग्राहकवर्गलाई कल व्याक गरी उनीहरुको समास्याहरुबारेमा जानकारी लिई समस्याको समाधान गरिदिने छन् ।

यदि कुनै समस्या यस इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरु द्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको बैंकले जनाएकाे छ । दैनिक रुपमा सयौंको संख्यामा यस /, Shangri-la Customer Care मा आएका कलहरुको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरुलाई पूर्ण रुपले समाधान गर्दै आएको छ ।

बैंकको नेपालभरमा जुनसुकै शाखा कार्यालय मार्फत सेवा लिएका ग्राहकहरुले केन्द्रमा रहेको यस Shangri-la Customer Care मार्फत आफ्नो जिज्ञासाहरुको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सकिने छ । यस सम्वन्धि सेवाले आगामी दिनहरुमा ग्राहक तथा सरोकारवालाहरुलाई थप लाभान्वित गराउने कुरामा बैंकले विश्वास लिएको छ । यस सेवाबाट हुने सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधी खुल्ला गरी ग्राहकलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गर्ने पनि बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।