Logo

प्रमुख समाचार

गृह मातहतका ८ सहसचिवको जिम्मेवारी हेरफेर



काठमाडौं । गृह मन्त्रालय मातहतका ८ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार सहसचिव आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका सहसचिव नारायण रिसाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ भने उक्त जिम्मेवारीमा रहेका बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयका सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक बनाई पठाइएको छ भने मन्त्रालयमा कार्यरत सहसचिव फणीन्द्रमणि पोखरेललाई मन्त्रालय अन्तरगत रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाई पठाएको छ ।

अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालय तानिएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार २१:४३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।