काठमाडौँ । राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भैंसेपाटी पुगेका छन् । नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् ।
राष्ट्रपतिमा नेम्वाङलाई मत माग्न गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् । यही फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए । राष्ट्रपति निर्वाचनका लागि राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका कूल ८८२ मतदाताहरू रहेका छन् ।




















प्रतिक्रिया