Logo

अर्थ

शिवशिखर बहुउद्देश्यीय सहकारीले सञ्चालन गरेको गार्डेन मार्टमा तालाबन्दी



डडेल्धुरा । डडेल्धुराको गार्डेन मार्टमा तालाबन्दी गरिएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गर्दै आएको मार्टमा तालाबन्दी गरिएको हो ।

जिल्लामा झण्डै ४० करोड रकम संकलन गरेको सहकारीले रकम फिर्ता गर्न छोडेको भन्दै सर्वसाधारणले तालाबन्दी गरेका हुन् ।

गार्डेन मार्ट र शिवशिखर सहकारी एउटै भवनमा सञ्चालन हुँदै आएका छन् । जिल्लाका व्यापारी र सर्वसाधारणबाट रकम संकलन गरेरै मार्ट सञ्चालन गरिएको हो ।

जिल्लामा ३९ करोड ८ लाख निक्षेप रहेको उक्त सहकारीको सेयर पुँजी रकम १ करोड ७४ लाख रहेको जनाएको छ । सहकारीले २ करोड ४ लाख मात्रै ऋण लगानी गरेको छ । अहिले सहकारीले कारोबार बन्द गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ७ : ४७ बजे