Logo

प्रमुख समाचार

संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो नबनाऊँ : योगेश भट्टराई



नेकपा एमालेका नेता योगेश भट्टराईले संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि एमाले सांसद भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनले ट्विटरमा भनेका छन्,’संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्दछ । वास्तविक पीडितहरुले न्याय पाउनुपर्छ। परिपुरणको व्यवस्था र पुन:स्थापना हुनुपर्छ । न्याय मर्नु हुँदैन, अपराधीलाई उन्मुक्ति हुँदैन । दुवै आयोगलाई निकम्मा बनाउने अदालतलाई काम गर्न नदिने नियत के हो ?’

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ०७:३३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।