Logo

प्रमुख समाचार

आज प्रचण्डविरुद्ध रिटमा दिउँसो सुनुवाइ, बिहानै बालुवाटारमा माओवादी चहलपहल



माओवादी धारका राजनीतिक दलहरूको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजे बैठक बोलाइएको छ । बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी युद्धका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिने भनेर दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

यसै विषयमा आवश्यक रणनीति बनाउन यसअघि पनि गत मंगलबार माओवादी घटकहरूको बैठक बसेको थियो ।माओवादी घटकका नेताहरूले प्रधानमन्त्रीविरुद्धको मुद्दामा चुप लागेर नबस्ने चेतावनी दिँदै आएका छन् ।

उनीहरूले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेको भन्दै संयुक्त वक्तव्य जारी गरेका थिए ।

प्रचण्डविरुद्ध दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ । हिजै पेसी तोकिएको भए पनि हेर्दाहेर्दैमा परेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ०८:४२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।