नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीले र राष्ट्रपतिमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।
बिहीबार एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतान्तरले पराजित गर्दै निर्वाचित भएका पौडेललाई ओलीले ढिलो गरी बधाइ दिएका हुन् । सबै राजनीतिक दलका नेताले बिहीबार नै पौडेललाई भेटेरै बधाई दिएका थिए ।
तर, ओलीले भने ‘हार्दिक बधाई तथा शुभकामना’ भन्ने प्रमाणपत्र निर्माण गरेर सामाजिक सञ्जालमा पोस्टिएका छन् ।
‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ ओलीले डिजाइन गरेको प्रमाणपत्रमा लेखिएको छ ।





















प्रतिक्रिया