Logo

प्रमुख समाचार

उपराष्ट्रपतिमा जसपाकी प्रमिला यादवले गराइन् उम्मेदवारी दर्ता



काठमाडौं । जनता समाजवादी पार्टीकी प्रमिला यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।

जसपाकै सांसद रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराइसकेका छन् । जसपाले राम सहाय यादव र प्रमिला यादव गरी महिला र पुरुष दुबैको उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १४:२०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।