Logo

अर्थ

निरन्तर उकालाे यात्रामा सुनकाे मूल्य, आज एकैदिन १६०० रुपैयाँले बढ्यो



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालाे लागिरहेकाे छ । आइतबार र साेमबार लगातार बढेकाे सुनकाे मूल्य आज पनि बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला फाइन सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।