Logo

प्रमुख समाचार

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा



काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । भोलि (शुक्रबार) नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले जानकारी दिए ।

संसद भवनको ल्होत्से हलमा मतदानका लागि २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गरिने छ । ४ बजेदेखि मतगणना सूर गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने पौड्यालले बताए । निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।

सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ । निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ जनासम्म कर्मचारी खटिनेछन् । सो निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १३:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।