काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।
उपराष्ट्रपतिको मतदान गर्ने समय आज ३ बजेसम्म मात्रै तोकिएको छ । अहिले मतदान जारी छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । छलफलमा झालाई मत दिने समझदारी भएको एक सांसदले बताए ।
उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।




















प्रतिक्रिया