Logo

राजनीति

उपराष्ट्रपति निर्वाचन : झालाई मत दिने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

उपराष्ट्रपतिको मतदान गर्ने समय आज ३ बजेसम्म मात्रै तोकिएको छ । अहिले मतदान जारी छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । छलफलमा झालाई मत दिने समझदारी भएको एक सांसदले बताए ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १३:५३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।