काठमाडाैं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा सोमबार आयोजना गरिएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए ।




















प्रतिक्रिया