Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने



प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने भएको छ । सोमबारको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै सभामुख देवराज घिमिरेले चैत १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

जसअनुसार बैठक चैत १२ गते अपराह्न १ बजे बस्ने छ । आज झण्डै साढे ४ घण्टा चलेको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । यस्तै नेकपा एमाले विधिवत् रूपमा प्रमुख प्रतिपक्षी दलको रूपमा दर्ज भएको छ ।

संसदमा विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलपछि सभामुख देवराज घिमिरेले मतविभाजन गराउँदा प्रचण्डले १७२ सांसदको मतसहित विश्वासको मत प्राप्त गरे ।

यस्तै विपक्षमा ८९ सांसदको मत पर्दा एक सांसद तटस्थ रहे । मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।