Logo

अर्थ

सानाे लगानी र निरन्तरताले बस्याल बने सफल उद्यमी



काठमाडाैं । ‘नेपाली उत्पादनको प्रयोग गरौं, नेपाली हुनुमा गर्व गरौं’ भन्ने मुल नाराको साथ व्यवसाय सुरु गरेका सफल व्यवसायी हुन्– शोभाकान्ता बस्याल । बस्याल २०३५ साल फागुन १५ गते बुवा लिला भल्भव बस्याल र दुर्गादेवी बस्यालको कान्छो सुपुत्रको रुपमा चितवन माडीमा जन्मिएका हुन् । उनको एक दाइ र एक दिदी तथा एउटा बहिनी छन् ।

सानैदेखि शान्त र निडर स्वाभावको उनी कक्षा चार पढ्दासम्म आर्मी बन्ने सपना बोकेका थिए । त्यसो त समाज सेवा, शिक्षा क्षेत्रमा हजुर बुवाले गरेको योगदानले केही गर्न पर्छ भन्ने सोच उनको सानैदेखि नै थियो । उनको पढाई चितवन माडी माध्यमिक विद्यालयमा भएको थियो । विद्यालयमा पनि उनी शान्त र मेहनती विद्यार्थी थिए । विद्यालयमा होस् या अन्य कार्यमा होस् उनी निरन्तरता दिन मन पराउँथे । उनले कक्षा एकदेखि एस.एल.सी सम्म सोही स्कुलमा पढ । २०५३ मा एस.एल.सी दिएका उनी आईकम चितवनमै सकेर २०५६ मा स्नातक पढ्नको लागि काठमाडौं छिरेका थिए ।

काठमाडौं आएलगतै उनको जीवनले पनि नयाँ मोड लियो । पढाई सुरु गरे पनि आवश्यक्ताहरुले मान्छेलाई अर्कै बाटो हिँडाउछ । उनले त्यसपछि आफ्नो जीवनलाई संघर्षतिर मोडे । एउटा युवा जोशजाँगर, निडर र साहसी उनले हार्न जानेको थिएनन् । साना साना मुस्किलहरुलाई पन्छाउँदै गए । सुरुमा उनले हर्वल अनमोल जडीबुटी कम्पनीमा मार्केटिङ म्यानेजर भएर काम गरे । त्यति बेला उनको तलब एघार हजार थियो । जम्माजम्मी बोनस गरी लगभग तीस हजार बराबरा मासिक तलब पाउँथे । उनले त्यो तलब आमाको हातमा दिएका थिए । त्यो सालभरीको कमाई दाजुको बिहेको लागि जम्मा गरेका थिए । त्यही तलबले विहे टरेको थियो । यो उनको पहिलो प्रयास थियो ।

परिवारप्रति सधैँ उत्तरदायी भएर परिवारको दरिलो खम्मा बनेको उनी कहिल्यै कुनै गलत सँगतमा फसेनन् । जहिले परिवारले बनाएको प्रतिष्ठाभन्दा राम्रो गर्नुपर्छ भन्ने सोच्थे । जिम्मेवारी र कर्तव्यबाेध भएकै कारण परिवारको लागि सधैँ सोचे । हर्वल कम्पनीमा काम गर्दै गर्दा उनले थुप्रै अनुभव बटुलेको थिए । त्यही अनुभवका साथ, जोश र विश्वासको कारण उनले २०५९ मा नवलपरासीमा चार जना साथीहरुसँग मिलेर फ्लुरा कस्मेटिक कम्पनी खोलेका थिए । त्यस कम्पनी साझेदारी लगानीबाट सञ्चालन भएको थियो । साझेदारीमा रहेको कम्पनी व्यापार भिजन नभएकोले लगानी दिगो राख्न नसकेकोले यस कम्पनी छोडेर उनी फेरि काठमाडौं नै छिरे ।

काठमाडौं आउँदा बस्यालसँग एउटा भिजन थियो– त्यो हो आफ्नै व्यवसाय गर्ने । त्यही व्यवसायले चिनिने । काठमाडौं आउनासाथ बजार बुझ्नको लागि उनले होलसेलबाट समान लिएर खुद्रा सामानको मार्केटिङ गरे । एक जना साथीको वाइकमा बसेर दिनभर व्यापार गर्ने र बराबर बाँड्ने गर्थे । दिउँसोभर बजारमा गरेको मेहनतले बजारमा परिचय बनाए ।

त्यसो त उनी सरल सुशील स्वाभावको हँसिलो व्यक्ति हुन् । उनको कुरा ग्राहकले सजिलै बुझ्न सक्थे । एकपटक कुरा गरेपछि सबै ग्राहकहरु उनको सामान लिन्थे । सधैँ उनकै सामान लिन्थे । यही क्रममा ग्राहकहरुले आफ्नै व्यवसाय गरे आफूहरुले साथसमर्थन गर्ने भनेपछि उनले ६ महिनामा नै माकेटिङ छाडेर व्यक्तिगत रुपमा जयकाली जडीबुटी उद्योग दर्ता गरे । अर्थात २०६५ सालमा उनले जयकाली कम्पनीको रुपमा स्थापना गरेका हुन् । उनले यो व्यवसाय मात्र दुई लाख रुपियाँ मात्र लगानीबाट शुरु गरेका हुन् । सुरुसरुमा निकै संघर्ष गरेका थिए । बजारमा जादाँ पैदल जाने, गाडी मै सुत्ने र अनेकौ चुनौतीहरुसँग लडेर यस कम्पनीलाई समय दिए ।

जीवनमा हार खानु हुँदैन भन्ने उनको मुख्य मान्यता हाे । जहिल्यै खुश मिजासको बस्यालले व्यवसायलाई इमान्दार भएर निरन्तर मेहनत गरेको कारण नै सफल हुनुको राज मान्छन् । त्यसो त समयको आफ्नै गति हुन्छ । समयलाई गति दिन मान्छेले कति चाहनाहरु मार्नुपर्छ । कति मुस्किल परिस्थितिको सामाना गर्नुपर्छ । बाधा र चुनौतीहरु लक्ष्यको बिचमा तँगारो बनिदिन्छन् । तर उनले सबै परिस्थितीलाई सामाना गर्दै व्यवसायलाई समय दिए । उनले संघर्ष गरे । जीवनमा हार खाएनन् । निरन्तरता हो भने सबै काम सफल हुने कुरामा उनको दृढ विश्वास रहेको छ ।

जम्मा दुई लाख रुपैयाँबट सुरु गरेको कम्पनीले पहिलो बर्षमा नै दश लाख मुनाफा कमाएका थिए । त्यसपछि हरेक बर्ष २० लाख, ३० लाख र ४० लाख सम्मको मुनाफा भएको थियो । काम गर्दै गएपछि उनी अझै यस कम्पनीले मात्र हुँदैन । यसलाई वृद्धि गर्नुपर्छ भन्ने हेतुले २०६१ सालमा श्री जयकाली उद्योग प्रा.लिको रुममा गठन गरे । यतिबेला भने ५ जना पार्टनर सहितको टिम रहेको थियो । र यस कम्पनीमा ६० प्रतिशत स्वयंको सेयर थियो भने ४० प्रतिशत अरुको अर्थात पार्टनरशिपको थियो । उनले उद्योग दर्ता गरे लगतै प्रत्यक्ष सात जना रोजगारी दिए भने २०६५ सालमा ३० जनालाई रोजगारी दिए ।

जीवन हार जित हो । कहिले कस्ता कहिले कस्ता समस्याहरु आइपर्छन् । कम्पनी राम्रै चलिरहेको थियो । २०७२ सालको भुकम्पले भने बन्दै गरेको संरचनाहरु ध्वस्त बनायो । लगभग ७० लाख बराबरको संरचना ध्वस्त भएको थियो । त्यही स्थानमा फेरि नयाँ स्थापना गरेर लोन लिएर यस व्यवसायलाई फेरि अगाडी बढे । अहिले ५ जना पार्टनरबाट ३ जना पार्टनरहरु कायमै छ । अहिले बस्यालकी श्रीमती चाँदनी तिवारी यस उद्योगको अध्यक्ष रहेकी छिन् । ३० प्रतिशत सेयर पार्टनरको र ६५ प्रतिशत सेयर बस्याल र श्रीमती तिवारीको रहेको छ । हुन त उनी यस व्यवसायमा अगाडी बढ्न श्रीमती तिवारीको साथ र सहयोलले अगाडी बढेको मान्छन् ।

उनी सम्झन्छन्, मेरो श्रीमतीले साथ नदिएको भए सायद म पनि कुनै सरकारी अपिसमा काम गरिरहेको हुन्थेँ । त्यसो त उनी सरकारी जागिर खाएका आफन्तहरुले गरेको संघर्ष देखेर आफै मालिक हुनुपर्छ भन्ने मान्छन् । जस्तो सुकै परिस्थितिमा पनि मेहनत गर्ने मान्छे उनी हुन् । सुरुसुरुको चरणमा विभिन्न डिलरहरु स्थापना गरेका थिए । अहिले नेपालभरी लगभग ५० बटा भन्दा बढी डिलरहरु रहेका छन् । कुनै कुनै जिललामा २/३ वटा पनि रहेको छ । अलिे महिनाको ३०/४० टन सावुनहरु उत्पादन हुन्छ ।

उनी कुनै कुरामा पनि पछि हट्दैनन । उनले सत्य कुरा अँगाल्ने र झुटा कुरामा पर्दाफास गर्न मन पराउँछन् । उनी इमानदारी छन् । परिश्रम गर्न रुचाउँछन् । त्यसो त सिजनमा २०/२५ हजारले काम पाउने र प्रत्यक्ष ६०/७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जम्मा २ लाख लगानीबाट शुरु भएको व्यवसायले अहिले मासिक ८० देखि ९० लाख सम्म व्यपार हुन्छ ।

ओखती आयुर्वेदिक सावुनले बजारमा आफ्नो पहिचान बनाएको छ । प्रयोगर्कता बिच यसको लोकप्रियता बढ्दो छ । दक्षिण एसियामा पहिलो पटक त्वाजाको सुरक्षाको लागि बिशेष रुपमा तयार पारिएको ब्राण्ड हो ओखती सावुन ।

ओखती ब्राण्डका साबुनहरु आफ्नै मौलिकता र विशेषतालाई ध्यानमा राखी उत्पादन गरिएको छ । यो घरेलु हातबाट तयार पारिएको आर्यवेदिक सावुन हो । यो नेपालमा पाइने जडीबुटीहरु केमोमाईल, बोजो, सिट्रोनेलना, लेमनग्रास, तितेपाती, अमला, निम, तेजपता, अदुवा, मेन्था, एलोभरा, धुपीजस्ता धेरै प्रकारका जडीबुटीहरुको प्रयोग गरी यो साबुन बनाएको छ ।

यस सावुनमा केमिकल रहित तेल बेशमा बन्ने हुनाले विशेष गरी छाला सम्बन्धी हरेक खाले समस्याहरुबाट छुटकारा दिलाउनुको साथै सामान्य छालामा समेत राहत दिने गर्छ ।

ओखती साबुनको आफ्नै किसिमको विशेषता रहेको छ । यसको उत्पादनहरु फेस सोप जसले कालोपोतो, चायाँ डण्डीफोर एलर्जी लगायत विविध समस्याहरुको लागि उपयोगी छ । निम सोपले शरीरमा भएको खटिरा दादका साथै चाया र कपाल झर्न रोक्छ । त्यसो त ओखतीले फेसवास स्याम्फू, ह्वाइटिङ्ग पपैया सोप, तितेपाती सोप, बडी सोप, पपैया सोप, ब्युटी सोप, चिउरी निम सोप, रोज सोप, ब्यूटी सोप स्पेसल बाथ सोप, केमोमाएल सोप, लगायत कस्मेटिकमा स्याम्पू, फेसवास, क्लीनजीङ्ग, मिल्क, स्क्रप, सनब्लक, बडी लोसन, मोइस्चराईजीङ्ग क्रिम लगायत उत्पादन हुन्छ । यी सवै सावुनहरु आर्यवेदिक रहेको छ ।

यी सावुनहरु नेपालका सवै जिल्लाहरुमा उपलब्ध छन् । समयदेखि युएई अ‍ेमेरिका, जापन, चीन मलेशिया लगायत देशहरुमा पनि माग हुँदैछ ।

ओखती सावुन केमिकल रहित सावुन हो स्याम्फू तेलबेसमा बन्ने हुदाँ यसको साइटइफेक्ट छैन । सबावुनमा जति पनि मिश्रण छ यी कच्चा पदार्थहरु नेपालमै ८० प्रतिशत पाइन्छ भने २० प्रतिशत आयात गर्नुपर्छ । यी तितेपातीको तेल, अमलाको तेल, सिटोनेलको तेल, लेमनग्रासको तेल, क्यामोमाइलको तेल, घ्यूकुमारीको तेल, मेवाको तेल, बेसारको तेल, अदुवाको तेल, स्याण्डल (चन्दन) को तेल, प्याजको तेल चिउरीको तेल, जरिवलको तेलरोजमरी, मेल्थाको लगाउतको तेलबाट ओखती सावुनहरु बन्छन् । यहाँ नास्टमा गुणस्तर शुद्धता मापन गरेर मात्र सावुन बनाइन्छ ।

व्यवसाय होस या कुनै पनि काम बाधा अड्चन आए पनि निरन्तर लाग्ने हो भने सफल हुन सकिन्छ । उनी पनि त्यही एक ज्वलन्त उदाहरण हुन् । सामान्य परिवारमा होस या उच्च परिवार ढृड सँकल्प हुने हो भने उनी जस्तै सफल व्यवसायी बन्न सकिन्छ । उनको जीवनबाट सिकन् सकिने कुरा पनि सरल हुनु र निरन्तरता दिनु हो । उनको जीवनमा थप प्रगती होस् कामना ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १५:४७   :  बजे

5.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।