Logo

प्रमुख समाचार

पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न सरकारलाई निर्देशन



सिंहदरवारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

वि।सं। ०१६ सालमा निर्माण भएको सो संसद् भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा छ । समितिले सो भवनलाई पुनर्निर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले सिंहदरवारस्थित निर्माणाधीन नयाँ संसद् भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कुरालाई परिमार्जन गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।