Logo

गण्डकी प्रदेश

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादीका एक संसदले जानकारी दिए ।

आजै मुख्यमन्त्री खगराज अधिकारीलाई दुवै मन्त्रीले राजीनामा बुझाउने र समर्थन पनि फिर्ता लिने तयारी गरेको हो । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसअघि वाग्मती प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १५:००   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।