अजरबैजानविरुद्ध जारी युद्धमा मृत्यु हुने अर्मानियाकासैनिकको संख्या सात सय २९ पुगेको छ । अर्मानियाको सेनाले सोमबार मारिएका थप १९ सैनिकको नाम जोडेसँगै हालसम्म मृत्यु हुनेको संख्या सात सय २९ पुगेको हो ।
अर्मानियाको रक्षा मन्त्रालयले यसअघि मृतकको आंकडा अधुरो हुनसक्ने बताएको थियो । लगातार जारी युद्धमा मृतकको आंकडा ढिलो गरी प्राप्त हुनसक्छ । अर्कोतर्फ अजरबैजानले आफ्नोमा भएको धनजनको क्षतीको विवरण भने दिएको छैन ।
राष्ट्रपति इलहाम एलियेवले एक अन्तरवार्तामा युद्ध समाप्त भएपछि यसबारे जानकारी सार्वजनिक गरिने बताउनुभएको थियो । अजरबैजानका प्रोसिक्यूटर जनरलको अफिसले सोमबार अगदाम इलाकामा मोर्चामा गोलीबारीका कारण चारजना घाइते भएको जानकारी दिएको छ ।
प्रतिक्रिया