Logo

प्रमुख समाचार

‘सोमबारसम्म मन्त्रिपरिषद् विस्तार’



चैत्र १३ गते सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । सत्तागठबन्धनको प्रमुख घटक तथा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ ।

माओवादी केन्द्रको शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद्औ विस्तार हुने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले भने, ‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलगअलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ । अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ ।’

सचिव पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा पनि ब्रिफिङ गरेको बताए ।

यस्तै, उनले आजको बैठकमा संसद्‍लाई सूचारु गर्नेबारेमा कसरी जाने, विभिन्न गठबन्धनमा रहेका पार्टीसँग छलफल गरेर कसरी अघि बढाउने, टीआरसी टुंग्याउने विषयमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल भएको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।