Logo

अर्थ

नेशनल माइक्रोफाइनान्सको लाभांश दोस्रो पटक संशोधन



काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांशमा दोस्रोपटक कैची चलाएको छ ।नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित लाभांशमा राष्ट्र बैंकले दोस्रोपटक संशोधन गरेको हो । अब यो लघुवित्तले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६.०३ रुपैयाँबराबरको मात्रै लाभांश वितरण गर्ने निर्णय गरेको छ।

संस्थाले सुरुमा उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ३८.५ प्रतिशतले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४.८० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो। तर, चुक्तापुँजीको ३४.४५ प्रतिशतले हुन आउने २० करोड २१ लाख ९ हजार ५२८.३७ रुपैयाँबराबरको बोनस सेयरमात्र वार्षिक साधारणसभाबाट स्वीकृत गरी वितरण निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनबमोजिम संस्थाले ३४.४५ प्रतिशत बोनस सेयर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरी पुनः स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। तर, फेरि राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी बोनस सेयर वितरण नगर्न निर्देशन दिएपछि संस्थाले दोस्रोपटक लाभांशमा संशोधन गरेको हो।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ११:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।