Logo

प्रमुख समाचार

गृहमा नारायणकाजी पक्का, भौतिक पूर्वधार एकीकृत समाजवादीले पाउने



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने पक्का भएकाे छ । अहिले उनी रहेका भौतिक पूर्वधार मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि उनले गृहकाे जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा माओवादीलाई गृह र एकीकृत समाजवादीले भाैतिक पूर्वधार लिने सहमति भएकाे हाे ।

गृह माओवादीको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले जानकारी दिए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १४:१०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।