Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज पुनः विश्वासको मत लिँदै



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि अपरान्ह ३ बजे बैठक बोलाइएको छ ।

राप्रपाले सर्मथन फिर्ता लिए पछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने अर्थमन्त्री समेत रहेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले बताए ।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा २७ पुसमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।कर्णाली प्रदेशमा हाल कांग्रेसका १४ सांसद छन् भने माओवादीका १३ सांसद छन् । यस्तै एमालेका १० सांसद हुँदास्वतन्त्र, नेकपा एस, राप्रपा र स्वतन्त्र सांसद एक एक सांसद छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ११:४९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।