काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षले सरकारमा सम्मानजनक सहभागिता नगराउने हो भने सरकारमा सहभागी नहुने बताएको छन् ।
शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता हुनुपर्ने निर्णय गरेका हुन् ।
सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । बैठकपछि नेता कोइरालाले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सम्मानजनक सहभागिता हुनुपर्ने खबर गरेका सहमहामन्त्री जीवन परियारले बताए । ‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं’ सहमहामन्त्री परियारले बताए ।




















प्रतिक्रिया