काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।
सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो ।
अध्यक्ष रञ्जिताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको सांसद गंगाराम चौधरीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रीहरुको शपथ ३ बजे निर्धारण गरिएको छ ।




















प्रतिक्रिया