Logo

अर्थ

एउटा प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु मिटरब्याज पीडितमाथिको धोका हो : सांसद गैरे



काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित नागरिकलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले मिटरब्याज पीडितहरुलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरुलाई कारबाही गर्न पनि सरकारसँग माग गरे । ‘मिटरब्याजीबाट पीडित नागरिकहरुमाथि फेरि धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनु पर्छ’, उनले भने ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १४:१५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।