Logo

प्रमुख समाचार

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ : केपी शर्मा ओली



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका हुन् ।

उनले भने, ‘भवितव्यमा दुई वटा सिट आयो । एमालेका विरुद्ध बोले । मन्त्री भए । जान्नुतान्नु केही पनि पर्दैन । एमालेको पक्षमा म छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ । यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौँ भने त्यो गम्भीरता हामीमा हुनु प‍र्‍यो ।’

प्रकाशित मिति : चैत्र १९, २०७९ आईतबार  १० : ०६ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।