Logo

अचम्म

ट्वीटरको लोगो अब कुकुर



ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघि लोगोमा चरा रहेकोमा परिवर्तन गरेर कुकुर राखिएको हो ।

सीइओ एलन मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीरलाई ट्वीटरको लोगो बनाएका हुन् । यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ।

मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ ।

ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १३:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।