काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ‘वेटिङ प्रेसिडेन्ट’ अर्थात् वरिष्ठ उपाध्यक्षका लागि रोचक त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार २०औँ अध्यक्षकारुपमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउनेछन् ।
विधानअनुसार अबको वरिष्ठ उपाध्यक्ष नै २१ अध्यक्ष हुने हुँदा यही चैत २८ र २९ गते काठमाडौंमा हुने त्रिपक्षीय भिडन्त रोचक हुने देखिन्छ । यस पटक वरिष्ठ उपाध्यक्ष पदमा ३ जना व्यवसायी प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । जसअनुसार उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
उमेशलाल श्रेष्ठ क्वेस्ट फर्मा फर्मास्यूटिकल्स प्रालिका प्रबन्ध निर्देशक हुन् भने अन्जान श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । यस्तै, रामचन्द्र संघई त्रिवेणी समूहका निर्देशक हुन् ।



















प्रतिक्रिया